×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिएका कोचिङमा एओसीको ‘एग्रेसिभ मुभ’, बजारका भेट्रान सिएका साथमा सुरु भए क्याप थ्रीका एक्सक्लुसिभ कक्षाहरु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एकेडेमी अफ कमर्शले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गतको तेश्रो तह क्याप थ्रीका ‘एक्सक्लुसिभ’ कक्षाहरु सरू गरेको छ । पछिल्लो समय बजारमा फरक छाप छोड्न सफल सिएहरुलाई लिएर एओसीले तेश्रो तहका कक्षाहरु पनि सुरु गरेको हो । आइक्यान अन्तर्गत सिएको पहिलो तह क्याप वान र क्याप टुमा उत्कृष्ट नतिजासहित नेपाल टप गर्ने विद्यार्थी उत्पादन गर्न सफल यस सिए इन्स्टिच्युटले सिएको तेश्रो तहमा पनि नेपाल टपरहरु उत्पादन गर्ने लक्षसहित क्याप थ्रीका कक्षाहरु सुरु गरेको बताइएको छ ।  क्याप थ्रीमा धेरै विद्यार्थी फेल भएको तीतो यथार्थतालाई बदल्ने लक्षसहित क्याप थ्रीका कक्षाहरु सुरु गराईएको एओसीको भनाइ छ । एओसीमा कक्षा सञ्चालन पछी क्याप थ्रीको नतिजामा ठाडो उपलब्धि हुने इन्स्टिच्युटको विश्वास छ ।  
भेट्रान सिएहरुसँगै क्याप थ्रीका कक्षा !
यसो त यसअघि पनि ‘फ्याकल्टी’का मामलामा अलि बढी नै मेहेनत गर्ने एओसीले बजारमा सबैभन्दा राम्रो रेस्पोन्स दिन सफल भएका सिएहरुलाई एकत्रित गरेको छ । १२ बर्षभन्दा बढी अध्यापनको अनुभव भएका सिए सन्जय कुमार शाहले एडभान्स फाइनान्सीएल मेनेजमेन्ट विषय अध्यापन गराउनेछन् । उनी भारतीय बोर्ड अन्तर्गतका र्यांक होल्डर पनि हुन् । उनले सिएको पहिलो र तेश्रो तहमा र्यांक ल्याउन सफल भएका थिए । यता अनुराग वाग्लेले Advanced Financial Reporting विषय पढाउनेछन् । पछिल्लो पुस्ताका चर्चित अध्यापकका रुपमा चर्चित वाग्ले लामो समयदेखि एओसीमै अध्यापन गराईरहेका सिए हुन् । यस्तै बजारमा कर शिक्षाका लागि पछिल्लो पुस्ताका सबैभन्दा लोकप्रिय मानिएका सिए शेषमणि दाहाललाई लिएर एडभान्स ट्याक्सेसन विषय पढाइने तयारी एओसीले गरेको छ । देशका कतिपय ठाउँमा त दाहाल ट्याक्सगुरुकै रुपमा चिनिन्छन् । पछिल्लो समय कर सम्बन्धि विभिन्न तालिम दिएर कर विषयलाई सहज बनाएको भन्दै वाहवाहि पाएका दाहालको क्षमता र लोकप्रियता दुबैलाई एओसीले विद्यार्थीका पक्षमा ‘इनक्यास’ गर्ने प्रयास गरेको छ । यसरी बजारका चर्चित सिएहरुलालाई एकै ठाउँमा ल्याएर क्याप थ्रीको कक्षा सुरु गरिएसँगै एओसीले एक पटक क्याप थ्रीको नतिजामा पनि ब्रेक थ्रु गर्ने अपेक्षा इन्स्टिच्युटको छ ।
क्याप थ्रीको नतिजामा अब ब्रेक थ्रु हुन्छ : दीपक पाण्डे, प्रबन्ध निर्देशक एओसी 
यता एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डे आफ्नो प्रयासले नेपाल बोर्डको समग्र नतिजामा नै फरक देखिने दावी गर्छन् । ‘भारतीय बोर्डमा पहिलो र दोश्रो तहमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका हामी नेपाल बोर्डमा अब्बल ठहरिएको कुरामा कुनै शंका छैन । क्याप वान र क्याप टुमा हाम्रा विद्यार्थीले ल्याएको नतिजाले सबैलाई प्रेरित गरिरहेको बेला सबैको सल्लाह र सुझावका आधारमा हामीले क्याप थ्रीको कक्षा पनि सुरु गरेका छौं। ‘  प्रबन्ध निर्देशक पाण्डेले अर्थ सरोकार डटकमसँग भने, ‘नेपाल बोर्डका सबै तहमा नम्बर १ बन्ने लक्ष छ हाम्रो । तेश्रो तहको अध्ययपनसँगै हामीले त्यो स्ट्याटस पाउँने छौं।’ उनका अनुसार क्याप वान र क्याप टुमा जस्तै क्याप थ्रीका कक्षाहरुमा पनि एओसीले एकदम मेहेनत गर्ने तयारी गरिरहेको छ । ‘क्याप थ्रीमा धेरै विद्यार्थी अनुतिर्ण भएको तीतो तथ्य हामीसँग छ । हामी यसलाई ब्रेक गर्छौं । यसका लागि हामीले खुब मेहेनत गरेका छौं । क्याप वान र क्याप टुको नतिजामा जस्तै यसपाली पनि हाम्रो मेहेनत खेर जाँदैन भन्ने कुरामा हामी ढुक्क छौं।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: