×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अपि पावरको भएन प्रगति, खुद नाफा १४.२५% ले गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अपि पावर कम्पनीले ३ करोड ८१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४.२५% ले कम हो । गत वर्ष यसको खुद नाफा ४ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो । 
अपिको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.५५% ले घटेर जम्मा बिजुली बेचेर १० करोड ९९ लाख ३७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी १२ करोड १५ लाख ४४ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ थियो ।
यता, रिजर्भ कोषको पैसा पनि २९.४३% घटेको छ । गत वर्ष ५ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले ४ करोड १६ लाख ५८ हजार रुपैयाँ मात्र छ । अपिको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवैमा गिरावट आएको छ ।
अहिले प्रतिसेयर आम्दानी ४.४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.६७ रुपैयाँ छ । गत वर्षको यही अवधिमा भने प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.६२ रुपैयाँ थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: