बेपत्ता मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त, चालक दलका दुबै सदस्यको मृत्यु

काठमाडौं - वेपत्ता मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुधबार बिहान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको विमान दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको र त्यस विमानका दुबैजना पाइलटको मृत्यु भएको खबर दिएको छ । त्यस बाहेक अरु थप विवरण आउन बाँकी रहेको जनाएको छ । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएका थियो । यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।
प्रकाशित : Wednesday, May 16, 2018
,

recent

Popular Posts