×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको बोनस शेयर वितरण, डिम्याट खाता नभएकाले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कृषि विकास बैङ्क लिमिटेडले २०% बोनस सेयर वितरण गरेको छ । बैङ्कको ११ औं वार्षिक साधारण सभाले पारित गरेको सो बोनस २०७४ माघ १४ गतेसम्म रितपूर्वक डिम्याट भएका शेयरधनीहरुको खातामा जम्मा भएको छ । उपत्यका बाहिर रहेका शेयरधनी र कुनै कारणले डिम्याट नगराई वैशाख २६ गतेसम्म बैङ्कको शेयर रजिष्ट्रारमा डिम्याट उपलब्ध नगराएका शेयरधनीहरुको बोनस बैङ्कले शेयर प्रमाणपत्रद्वारा वितरण गर्ने लागेको छ ।
बैङ्कले लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट वितरण गर्ने भएको छ । सो बोनस आइतवारदेखि बिहीवारसम्म १० बजेदेखि २ बजेर ३० मिनेटसम्म र शुक्रवार १० बजेदेखि १ बजेसम्म वितरण गर्नेछ । बैङ्कको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: