एसियन लाइफको जेठ १० देखि सेयर लिलामीमा आउंदै, यी ठाउँबाट फारम भर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेठ १० गतेदेखि एसियन लाइफ इन्सुरेन्सले सर्वसाधारण समूको ९८ हजार २४६.२० कित्ता सेयर लिलामीमा आउने भएको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ १७ गते तोकिएको छ । 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट लगानीकर्ताले बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

Trending:

प्रकाशित : Wednesday, May 16, 2018

recent

Popular Posts