भार्गव विकास बैंकको सेयर लिलामी आउँदै, यी ठाउँबाट आवेदन दिन पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेठ ३ गतेदेखि भार्गव विकास बैंकको सेयर लिलामीमा आउने भएको छ । बैंकले संंस्थापक समूहको ६ लाख ६७ हजार ७०६ कित्ता र सर्वसाधारण समूहको ८५ हजार ६६४ कित्ता गरी जम्मा ७ लाख ५३ हजार ३७० कित्ता सेयर लिलामीमा बेच्न लागेको हो ।  जेठ १० गते भित्रसम्ममा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा भार्गव विकास बैंको प्रधान कार्यालय नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । न्यूनतम १०० कित्ता वा १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइनेछ । हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

Trending:

प्रकाशित : Tuesday, May 15, 2018

recent

Popular Posts