×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुल्यो यस्तो रहस्य: सुन लुट्ने योजनाकार राप्रपा नेता भुजुङ रहेको खुलासा

काठमाडौँ – फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङले बनाएको खुलासा भएको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो । ‘सुन भुजुङकै समूहले लुटेको अनुसन्धानबाट देखिएको छ,’ समिति स्रोतले भन्यो।
सनम शाक्यको हत्यापछि पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन् । ‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे,’ लामाले बयानमा भनेका छन् ।
स्रोतका अनुसार विमानस्थलमा लोडरको काम गर्ने सानु वन भुजुङका विश्वासिलो पात्र थिए । सानुले कहिले, कति सुन आयो सबै भुजुङलाई रिर्पोट गर्थे । सो सुन आउनपूर्व नै भुजुुङलाई सानुले खबर गरिसकेका थिए । सानुको सूचनाका आधारमै भुजुङले सुन लुट्ने योजना बनाए ।
गुरुङले सुन लुट्न पठाएका युवा ठमेलका डान्सबारमा बाउन्सरको काम गर्थे । ५ जनाले अनामनगरमा सानुलाई रोके । ‘हामी गौशालाको प्रहरी हो, सुन कहाँ छ,’ भन्दै उनीहरूले वनसँग भएको सुन लुटे ।
‘तँ गौशाला प्रहरी चौकीमा आउनू’ भनेर उनीहरू हिँडे । सुन लुटेको केही दिनपछि ती युवा थाइल्यान्ड घुम्न गएको स्रोतको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: