×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी हुन् विवाहलगत्तै गर्न नहुने चार कार्य

विवाह अगाडि र पछाडिको सम्बन्ध उस्तै हो भन्ने सोच छ भने परिवर्तन गर्नुहोला । व्यक्ति एकै भए पनि विवाह अगाडि र पछाडिको सम्बन्धमा केही विषय परिवर्तन हुन्छ । परिवर्तन हुने सम्बन्धसँगै व्यवहारसमेत परिवर्तन भयो भने सम्बन्ध सुमधुररूपमा अगाडि बढ्न सक्छ । विवाहलगत्तै बिर्सिएर पनि यी पाँच विषय आफ्नो पार्टनरसँग नगरेको राम्रो ।
१. विवाहमा भएको खर्च : विवाहपछि आफ्नो पार्टनरसँग विवाहमा भएको खर्चको बारेमा छलफल नगरेको राम्रो । विवाहमा दुवैतर्फबाट अनावश्यक माग भएर फजुल खर्च भएको हुनसक्छ । विवाह लगत्तै यो विषयमा छलफल गर्दा प्रारम्भिक दिनमै मनमुटाव हुनसक्छ ।
२. आफन्तको विषयमा जोक : विवाह समारोहमा विचित्रका आफन्तहरुसमेत देखिन सक्छन् । यस्ता पात्र केटा या केटी दुवैतर्फबाट आएका हुन सक्छन् । परिवारका सदस्यबाट समेत अनावश्यक व्यवहार भएको हुनसक्छ । यस विषयमा तत्काल कुरा गर्नु जोखिमपूर्ण हुनसक्छ । जसले यस्तो व्यवहार गरेका हुन्छन्, ती व्यक्तिसँग दुलाहा या दुलहीको गहिरो सम्बन्ध हुनसक्छ । उनीहरुको बारेमा जोक बनाउँदा चित्त दुख्नसक्छ ।
३. पूर्व प्रेम सम्बन्ध : पूर्वप्रेमी या प्रेमिकासँग आफ्नो पार्टनरको बानी व्यहोरा नजाँच्नु नै वैवाहिक जीवनमा फलदायी हुन्छ । यस्तो बानी छ भने हटाउनु नै उत्तम हुन्छ । नत्र यसले वैवाहिक जीवन सुरु नहुँदै समस्या सुरु हुनसक्छ ।
४. भाउ खोज्नु : यो त तिम्रो काम हो आफैं गर भन्दै विवाहको प्रारम्भदेखि नै भाउ खोज्नु सुमधुर वैवाहिक यात्राको बाधक व्यवहार हो । तत्काल प्रतिक्रिया जनाउनुभन्दा उनको व्यवहार हेरेर आफ्नो पार्टनरलाई बिस्तारै बानी पार्दै जानु राम्रो हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: