×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः को ४०% हकप्रद भर्ने आज अन्तिम मिति, कतै तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – देवः विकास बैंकको ४०% हकप्रद भर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले चैत २६ गतेदेखि ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित लगनखेल र पोखरा शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, देवः विकास बैंकको अधिकांश शाखा कार्यालयबाट पनि हकप्रद भर्न पाइनेछ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्नेछ । 
हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यही पुँजी पुर्याउन देवःले हकप्रद बिक्री खुला गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: