×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः को उकालो लाग्ने प्रयास, खुद नाफा १.६६% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देवः विकास बैंकले खुद नाफा १.६६% ले बढेर २० करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष बैंकले १९ करोड ९० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलानामा २१.४३% ले बढेको छ । गत वर्ष ३९ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देवःले यो त्रैमासमा ४८ करोड २१ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा पनि गत वर्षको तुलनामा १.८६% ले मात्र बढेर ३१ करोड ९८ लाख ६८ हजार रुपैयाँ छ । गत वर्ष यो नाफा ३१ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
देवः ले निक्षेप ९ अर्ब ८१ करोडबाट बढाएर १३ अर्ब ९५ करोड २१ लख ८६ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, कर्जा लगानी पनि ८ अर्ब ७७ करोडबाट बढाएर १२ अर्ब ६२ करोड ३८ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जा भने बढेर ३.०१% भएको छ । गत वर्ष देवः को खराब कर्जा १.३९% मात्र रहेको थियो ।
चुक्ता पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ६६ करोड २५ लाख ४४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भ कोष बढाउनुपर्ने देखिन्छ । देवः ले ६५ लाख ३३ हजार १०८.५९ कित्ता (४०%) हकप्रद सेयर बिक्री गरिरहेको छ ।
चैत २६ गतेदेखि वैशाख ३० गतेसम्म बिक्रीमा रहेको यो हकप्रदपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । यस्तै, सहारा विकास बैंकलाई एक्वायर गर्ने तयारी पनि भइरहेको छ । एक्विजिसनपछि बैंकको चुक्ता पुँजी अझै बढ्नेछ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा (वार्षिक) रहेको देवः को प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ ५७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: