×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फरवार्ड कम्युनिटीले गर्दैछ प्रगति, खुद नाफा ४.१३% हुँदा प्रतिसेयर आम्दानी १०६.५६ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले खुद नाफा ४.१३% ले वृद्धि गरेर  २१ करोड ३१ लाख २९ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी  ५.१०% ले घटेर ४६ करोड ३१ लाख ६ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफामा ११.६९% वृद्धि  गरेर ३३ करोड ४९ लाख १८ हजार रुपैयाँ रहेको छ ।
फरवार्डले २ अर्ब ९७ करोड ३७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब २१ करोड ७२ लाख ७४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा०.७१% र कस्ट अफ फन्ड १०% पुगेको छ । गत वर्ष खराब कर्जा ०.२९% र कस्ट अफ फन्ड ७.८५% थियो ।
हाल रिजर्भ कोषमा ६७ करोड ५ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । फरवार्डको प्रतिसेयर आम्दानी १०६ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ ४८५ रुपैयाँ २९ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: