×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर सहयोग

ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले मिति २०७५/०२/१० गते बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी ज्यूले संयुक्त रुपमा भुवनेश्वर माध्यमिक विद्यालय र मिति २०७५/०२/९ गते घटाल माध्यमिक विद्यालय ५/५ थान कम्प्युटर प्रदान गरेको हो । 
शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो । ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । 
यसका साथसाथै बैंकले मिति २०७५ ज्येष्ठ ९ गते बुधबार देखि बैतडी जिल्लाको सुरेना गाउँपालिका ६, मोतीनगरमा आफ्नो ८५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: