×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको रुपनी शाखाबाट कारोवार सुरु, ग्राहकलाई आधुनिक बैंकिङ सुबिधा प्रदान गर्ने

जनता बैंक नेपालको रुपनी शाखाबाट सोमबारदेखि कारोबार सुरु भएको छ । सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार खोलिएको हो । 
सप्तरी जिल्लाको ग्रामीण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोबार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा िलई जिबनस्तर सहज बनाउने अपेक्षा बैंकले गरेको छ ।
यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ । यसबाहेक बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाई, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: