×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकको १७ लाख ६२ हजार कित्ता सेयर लिलामा, न्यूनतम मूल्य १०० रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कर्णालीले सोमबारदेखि सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता गरी जम्मा १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । नेप्सेमा कर्णालीको गत बिहीबारको अन्तिम बजार भाउ प्रतिकित्ता ११५ रुपैयाँ छ । 
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ७ गते तोकिएको छ ।  बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्टको नेपालगञ्ज बाँके सहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: