×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्णालीको वैशाख ३१ देखि सेयर लिलामीमा, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैशाख ३१ गते देखि कर्णाली डेभलपमेन्ट बैंकले १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता गरी जम्मा १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा बेच्न लागिएको हो । उक्त लिलामीमा जेठ ७ गतेसम्म न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्टको नेपालगञ्ज बाँके सहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । हाल यस बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्रीपछि चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: