×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मधेसी जनताले मोदीलाई मन पराउँदैनन्, त्यसैले अभिनन्दनमा विहारबाट मान्छे ल्याईने

जनकपुर – नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य कृष्णदेव दुनवारले नाकाबन्दी गरेर हैरानी पारेका कारण मधेसी जनताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मन नपराउने बताएका छन् । उनले मोदीको अभिनन्दनमा मधेसी जनतालाई सरकारले बल प्रयोग गरेर लिन लागेको बताए ।
नेता दुनवारले स्वाभिमानी मधेसी जनता मोदीको स्वागत तथा अभिनन्दनमा नजाने भएकै कारण विहारबाट भारतीय नागरिक ल्याउने तयारी भइरहेको छ । उनले मोदीको दलाली गन एमाले, काँग्रेस, माके, फोरम, राजपासहित २ नं. प्रदेशको सरकारले मधेसी जनतालाई कल, वल, छल प्रयोग गरेर नागरिक अभिनन्दनमा लैजान लागिएको बताए ।
“जनतालाई विभिन्न प्रलोभन, डर, त्रास देखाएर जबर्जस्त अभिनन्दनमा लैजान खोजिएको छ । तर पनि जनताको उपस्थिति सोचेजस्तो नहुने देखेपछि २ नं. प्रदेश सरकारकै आग्रहमा भारतको विहार राज्यबाट भाजपाका नेता कार्यकर्तासहित ३० हजारबढीको संख्यामा भारतीय नागरिक बाह«विघामा उतार्ने तयारी गरिएको छ” नेता दनुवारले भने ।
क्रान्तिकारी माओवादीका २ नं. प्रदेश सचिव समेत रहेका दनुवाले भने, “जनकपुर र २ नं. प्रदेशमा सरकार र पाँच पार्टी मिलेर जेजति नौटंकी गरिरहेका छन्, त्यो सबै मोदीको दलाली र चाकडीका निम्ति गरिरहेका छन् । ओली–प्रचण्ड कतिहदसम्म राष्ट्रिय आत्मसमर्पणवादी रहेछन् भन्ने यसले प्रष्ट पारेको छ र फोरम–राजपाको दलाल चरित्र पनि राम्रैसँग उजागर भएको छ ।”
हिन्दी मधेसी जनताको भाषा नै होइन, यहाँको भाषा भनेको मैथली, भोजपुरी हो । हिन्दी भाषालाई स्थापित गराउन प्रदेश सरकार नै लाग्नु भनेको मधेस र मधेसी जनताको भावनामाथिको गद्दारी भएको दनुवारको दाबी छ । उनले मैथली भाषालाई संरक्षण संबद्र्धन र सरकारी कामकाजको भाषा बनाउनु पर्छ भनेर भाषिक आन्दोलन चलिरहेको अवस्थामा हिन्दी भाषाप्रति मोह देखाउनु राष्ट्रघात भएको बताए ।
मोदीले विहारको आगामी चुनावमा आफ्नो पक्षमा जनमत तयार पार्न जनकपुरको भ्रमण गर्न लागेको र मधेसलाई प्रयोग गरेर विहारको चुनाव जित्ने चुनावी रणनीतिअनुसार नै जनकपुर आउन लागेको पनि नेता दनुवाको भनाई छ ।
२ नं. प्रदेशका आठ वटा जिल्लाको सीमा क्षेत्रमा बस्ने जनता भारतीय सीमा सुरक्षा बलको ज्यादतीबाट आजित र आक्रोशित रहेको चर्चा गर्दै नेता दनुवारले भने, “सीमा सम्बन्धी अन्तर्रा्ष्ट्रिय कानुनलाई उलंघन गर्दै एकतर्फी रुपमा भारतले नेपालको सीमामा पक्की सडक निर्माण गरेका कारण बर्षायाममा मधेसका दर्जनौं गाउँ डुवानमा पर्ने र हजारौं नागरिक विस्थापित हुने गरेका छन्, सीमामा अनधिकृत रुपमा बाँधिएका बाँधका कारण नेपाली जनजीवन अझ कष्टकर बन्ने गरेको छ । दिनदिनै सीमा अतिक्रमण गरेर हजारौं हेक्टर नेपाली भूभाग भारतले मिचेको छ ।” उनले एसएसबीले सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु घटाइरहँदा त्यो कुरालाई उठाउन छोडेर ओली–प्रचण्ड मोदीको खुट्टा ढोग्न लागेको आरोप दनुवारको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: