×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रमा फुट, अव कसले गर्दैछ नयाँ पार्टीको नेतृत्व ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

माओवादी केन्द्रमा फुट, अव कसले गर्दैछ नयाँ पार्टीको नेतृत्व ?

काठमाडौं – नेकपा माओवादी केन्द्र फेरि विभाजन भएको छ । एमालेसँग एकताको अन्तिम तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् ।

एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता विश्‍वभक्त दुलाल ‘अाहुती’को संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ राखिएको छ ।
सन् १८१८ मे ५ अर्थात अाजैको दिन विश्व सर्वहारा वर्गका नेता कार्ल मार्क्स जन्मेका थिए । विश्वभरका कम्युनिस्टहरुले कार्ल मार्क्सको द्धिशतवार्षिकी मनाइरहेका बेला नेपालमा नयाँ पार्टीको जन्म भएको हो ।
काठमाडौंमा शुक्रबार सम्पन्‍न भेलाले विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गर्दै अाहुतीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसलाई वैचारिक, राजनैतिक तथा सांगठनिक अभियान समिति भनिएको छ ।
समितिमा पोलिटब्यूरो सदस्य ध्रुब पराजुली, अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष जागृत रायमाझी, विदुर खरेल, धनकुमारी सुनारसहित अधिकांश माओवादी केन्द्रका नेता रहेका छन् ।

हेर्नुहोस् विज्ञप्तिसहित
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: