३०.८०% बोनसमा मूल्य समायोजनपछि मिर्मिरेको कतिमा खुल्यो सेयर कारोबार?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३०.८०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता २ हजार ५१८.३५ रुपैयाँ कायम भएको छ । बुधबार बैंकले सोहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्ला गरेको छ । 

यसको औसत आधार मूल्य भने २ हजार ४४.१७ रुपैयाँ छ । मिर्मिरेले जेठ २५ गते हुने वार्षिक साधारण सभामा ३०.८०% बोनस सेयर दिने प्रस्ताव गर्दैछ । यसका लागि कम्पनीले बुधबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो ।

Trending:

प्रकाशित : Wednesday, May 16, 2018

recent

Popular Posts