×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रद्युमन पोखरेल सीइओ भएलगत्तै मुक्तिनाथ बिकास बैंकले गर्यो ‘गैरकानुनी’ काम, यसरी उडाइयो नियमको धज्जी !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा रहेका विकास बैंकमध्ये निकै राम्रो छवि बनाएको मुक्तिनाथ बिकास बैंकले नयाँ सीइओ पाउने बित्तिकै गैरकानुनी काम गर्न थालेको छ । बैंकले लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जारी गरेको ‘कोड अफ इथिक्स’ विपरित लेखा व्यवसायसँग सम्बन्धित प्रचारात्मक विज्ञप्ति पठाएर गैरकानुनी काम गरेको हो । आइक्यानले जारी गरेको कोड अफ इथिक्सअनुसार लेखापरिक्षण गर्ने, वा लेखा व्यवसायसँग सम्बन्धित प्रचार-प्रसार गर्न पाइंदैन । तर बैंकले लेखा व्यवसायको नियामक संस्था आइक्यानको नियमको धज्जी उड्ने गरी प्रचारात्मक सन्देश विभिन्न मिडियाहरुमा पठाईरहेको छ। बैंकले विभिन्न मिडियाहरुमा बैंक र एसएआर एडभाइजर्स नामक कम्पनीसँग नेपाल चार्टड एकाउन्टेट्स संस्था (आइक्यान)को मापदण्ड अनुसार वित्तीय विवरण बनाउने भन्दै सम्झौता गरी त्यसको प्रचारात्मक बिज्ञप्ति विभिन्न मिडियाहरुमा पठाएको छ । 
के भन्छ एसएआर एडभाइजर्स ?
यसबारे आइक्यानका पूर्वअध्यक्ष समेत रहेका एसएआर एडभाइजर्सका प्रमुख सुनीर ढुंगेलसँग हामीले प्रतिक्रिया मागेका थियौं । उनले बैंकले त्यस्तो सामाग्री मिडियामा पठाएको बारे आफुलाई थाहा नभएको बताउँदै आफुले यसबारे बुझ्ने बताए ।  ‘यत्रो संस्थासँग काम भइरहेको छ, त्यस्तो पब्लिसिटी गर्नु नै पर्दैन थियो नि ! हुन त काम एसएआर एडभाइजरबाट हुने हो तै पनि त्यसरी न्यूज नै पठाउनु राम्रो भएन ।’ उनले भने । ‘तपाईं त आइक्यानको पूर्वाध्यक्ष नै पर्नुभयो ! यसरी गरिएको काम ठिक भयो र ?’ भन्ने हाम्रो प्रश्नमा ढुंगेलले भने, ‘त्यो त भएन । म काठमाडौँ आउंदैछु, बुझ्छु !’  
आइक्यानले जारी गरेको कोड अफ इथिक्समा यसो गर्न नपाइने हुनाले ‘आफु बच्नेगरी’ बैंकलाई यस्तो काम गर्न कतै एसएआर एडभाइजर्सले त लगाएन ?’ भन्ने आशंकासँगै हामीले यसबारे एसएआर एसोसीएट्सका पार्टनर रहेका उक्त कम्पनीका प्रतिनिधि रमेश  धितालसँग सम्पर्क गरेका थियौं । ‘बैंकले सोधेको थियो, फेसबुकमा हाल्न मिल्छ कि मिल्दैन भनेर ! हामीले मिल्दैन, नहाल्नुहोस् भनेका थियौं । तर फोटो नहाली बैंकका तर्फबाट बिज्ञप्ति गएछ । अलि गलत नै भयो ।’ उनले यसमा आफ्नो कम्पनीको कुनै पनि बदनियत नभएको स्पष्ट पारे । 
आइक्यानका पूर्वपार्षदको कडा टिप्पणी !
यस विषयमा नियम के छ भनेर हामीले केहि अन्य सिएहरुसँग पनि बुझेका थियौं । केहि सिएले आइक्यानले अडीट फर्मलाई नियम लगाउने अनि तीनै अडिट फर्मवालाहरुले प्राइभेट कम्पनी खोलेर त्यसबाट यस्तो काम गर्ने हुनाले कारवाहीको दायरामा गलत गर्नेहरु आउन नसकेको दावी गरे । ‘अव पूर्व अध्यक्षज्यूकै कम्पनी पर्यो, उनले जे गर्न नि मिल्ने होला नि !’ आइक्यानका एक पूर्व पार्षद् कडा टिप्पणी गर्दै भन्छन्, ‘यो पनि ‘सोलीसिटेसन’ नै हो । आइक्यानका पूर्वअध्यक्ष भएर यस्तो गलत काम गर्न नहुने हो । उहाँहरुले भटाभट काम पाई नै रहनुभएको छ त, बिज्ञापन नै गर्न के जरुरी छ र ?’    
के भन्छन् बैंकका सीइओ ?
यता बैंकका सीइओ प्रद्युमन पोखरेलले भने आफुहरुले आइक्यान अन्तर्गतको अडिट फर्मसँग नभई प्राइभेट कम्पनीसँग सम्झौता गरेको दावी गरे । ‘अनि यसरी प्रचारात्मक सन्देश दिन त नपाइने नियम छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘आइक्यानको नियम त अडिट फर्मलाई लाग्ने हो । हामीले छुट्टै कम्पनीसँग सम्झौता गरेको हो ।’ ‘अनि एसएआर एडभाइजरी भनेको त एसएआर एसोसीएट्स नामको सिए फर्म कै पार्टनरहरुको कम्पनी हो नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘लिगल्ली केहि इस्यू छैन भन्ने कुरा भयो । सचेत गराइदिनुभयो, यसका लागि धन्यवाद छ । यसलाई म नोट गर्छु ।’  उनी केहि दिनअघि मात्र बैंकका सीइओ भएका हुन् ।            
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: