×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया क्यापिटल क्यापिटल एक्सपो २०७५ मा सहभागी

काठमाडौँ – लगानीका व्यवहारीक तथा आधारभू त पक्षहरुको बारेमा जानकारी गराउदै एन आई सी एशिया क्यापिटल द्वारा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त “ग” वर्गका वित्तीय संस्थाहरुलाई लगानीव्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने नि:शुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
सो कार्यशालामा २० भन्दा बढी संख्यामा “ग” वर्गका वित्तीय संस्थाहरुका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थागत जोखिम न्यूनीकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नुपर्ने निश्चित मार्ग(चित्र, तथा समयसापेक्षरुपमा लगानीका आधारहरु परिमार्जन गर्ने तरीकाहरुका बारेमा सो कार्यशाला केन्द्रित रहेको थियो । साथै, एन आई सी एशिया क्यापिटलले धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्सपो २०७५ मा सहभागिता जनाएको छ । सो प्रदर्शनीमा राखिएको एन आई सी एशिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५०० भन्दा बढि सहभागीले एन आई सी एशिया क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीेलिनका साथै लगानीका विषयमा अन्तरक्रियागरेका थिए ।
लगानीकर्तालाई सवल, र उपयुक्त निर्णय लिन एन आई सी एशिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै नि:शुल्क डिम्याट सेवा समेत प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: