एनएलजी इन्स्योरेन्सको खुद नाफा १६.३७% ले वृद्धि, प्रति सेयर ३१.४४ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा  १६.३७% ले वृद्धि गरेर १५ करोड १० लाख रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधीमा कम्पनीले १२ करोड ९७ लाख खुद नाफा गरेको थियो ।

कम्पनीको आम्दानी १९ .९१% ले बढेर २७ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खर्च २५ % ले बढेर १२ करोड ४ लाख रुपैयाँ पुगेको छ । ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ८ करोड ५७ लाख रुपैयाँ र बीमा कोषमा ६५ करोड ६८ लाख रुपैयाँ राखेको छ ।

कम्पनीले १ अर्ब ९ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने दाबी भुक्तानी कुल ५० करोड ५ लाख रुपैयाँ पुगेको छ । जारी बीमा लेख संख्या १ लाख २५ हजार १ सय २ वटा र कुल दाबी भुक्तानी संख्यामा ३ हजार ४ सय १५ वटा रहेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रति शेयर आम्दानी ३१.४४ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय २२.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.६५ गुणा र तरलता अनुपात १.८३ % रहेको छ ।
प्रकाशित : Tuesday, May 15, 2018

recent

Popular Posts