×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दादागिरी देखाउने सीइओ जोशीमाथि राष्ट्र बैंकको ‘एक्सन’, आधा दर्जन आरोप लगाउँदै गरियो ५ लाख रुपैयाँ जरिवाना !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

दादागिरी देखाउने सीइओ जोशीमाथि राष्ट्र बैंकको ‘एक्सन’, आधा दर्जन आरोप लगाउँदै गरियो ५ लाख रुपैयाँ जरिवाना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- राष्ट्र बैंकको नियम अटेरी गरेको, निर्णय कार्यान्वयनमा वाधा पुर्याएको, संस्थाले असुल उपर गर्नुपर्ने रकम फिर्ता गर्न सञ्चालक समितिको निर्णय पालना नगरेको लगायतका आरोप लगाउँदै नेपाल राष्ट्र बैंकले  सामुदायिक लघुवित्त वित्तिय संस्थाको तत्कालिन सिइओ स्वयम्भुराज जोशीलाई कारबाही गरेको छ । उनलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गराएको हो । 
यसो त उनालाई स्पष्टीकरण दिने मौका पनि राष्ट्र बैंकले दिएको थियो ।  नेपाल राष्ट्र बैंकले पहिलो पटक उनलाई आफुले ५ लाख जरिवाना गर्नु नपर्ने कारणसहित २०७४ पुस २० गते १५ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो  भने दोस्रोपटक फागुन २८ गते सफाइका लागि जवाफ पेश गर्न समय दिएको थियो । तोकिएको समयमा उनको चित्त बुझ्दो जवाफ नआएकोले काराबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उनलाई यसअघि नै राष्ट्र बैंकको नियम मिचेर विभिन्न कार्यहरु गरेको आरोप लाग्दै आएको थियो । उनको दादागिरीले सीमा नाघेपछि अन्तत: राष्ट्र बैंकले उनलाइ कारवाही गरेको हो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: