×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टेलिकमको खुद नाफा ४.७२% बढ्दा प्रतिसेयर आम्दानी १०५ .३९ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमले ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार ४७३ रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ४.७२% वृद्धि भएको हो । गत वर्ष टेलिकमले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार ७१ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । सरकारी स्वामित्वको भए पनि टेलिकम तुलनात्मक रुपमा संस्थागत सुशासन बलियो भएको कम्पनीमा पर्छ ।
वार्षिक अधिक कर तिर्नेमा पनि टेलिकम सधै अग्रपंक्तिमै रहेको छ । समग्रमा कम्पनीको वित्तीय अवस्था मजुबत देखिन्छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार २३६ रुपैयाँ छ । चुक्ता पुँजीलाई आधार मानेर हेर्ने हो भने रिजर्भ कोष निकै सबल मान्न सकिन्छ । गत वर्ष पनि यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ र रिजर्भ कोषमा भने ७४ अर्ब ५७ कराड रुपैयाँ थियो । 
कम्पनीले कुल आम्दानी ३२ अर्बबाट बढाएर ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार ८९५ रुपैयाँ पुर्याउन सफल भएको छ । जसमा सर्भिस (दूरसञ्चार सम्बन्धी विभिन्न सेवा) बाट मात्रै २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार ८५२ रुपैयाँ आम्दानी गरेको छ ।  टेलिकमको प्रमुख आम्दानी भनेकै सेवा बिक्री हो । यसैगरी, अन्य शीर्षकबाट पनि ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार ४३ रुपैयाँ आम्दानी गरेको गरेको छ । 
यता, टेलिकमले प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुबै बढाउन सफल भएको छ । गत वर्ष १०० रुपैयाँ ६४ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो त्रैमास सम्म आइपुग्दा १०५ रुपैयाँ ३९ पैसा भएको छ । प्रतिसेयर नेटवर्थ पनि ५९७ रुपैयाँ १४ पैसाबाट बढेर ६३१ रुपैयाँ २७ पैसा कायम भएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: