×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेको कार्यकर्तालाई खुशीको खबर, नवराज सिलवाललाई ‘क्लिन चिट’ दिन यस्तो हुँदैछ तयारी

काठमाडौं – कीर्ते अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालlलाई ‘क्लिन चिट’ दिने तयारी भइरहेको बुझिएको छ । त्यसका लागि अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ ।
महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो । काठमाडौं प्रहरीले २ फागुनमै सिलवालको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, अहिलेसम्म फाइल त्यहीँ अड्किएको छ ।
नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले आफूलाई आईजीपी बनाउनु पर्ने माग गर्दै सर्वोच्च अदाललमा रिट दायर गरेका थिए । त्यसका लागि उनले पेश गरेको कार्यसम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरेको आरोप छ ।
सरकार र सिलवालले पेश गरेको कासमु फरक परेपछि सर्वोच्चले छानविन गर्न आदेश दिएको थियो । लगत्तै, महानगरीय प्रहरी परिसर काठमाडौंले अभियोग दर्ता गर्दै सिलवालविरुद्ध पक्राउ पूर्जी पनि जारी गर्‍यो । सरकारी वकिल कार्यालयबाटै मुद्दा नचल्ने निष्कर्ष निकाल्दै ‘क्लिन चिट’ दिने विकल्प पनि थियो तर, प्रहरीबाटै त्यो काम गराएर सेफ ल्यान्डिङ गर्न खोजिएको देखिएको स्रोतका दाबी छ ।
तर, सिलवालले डीआईजीबाट अवकाश पाएर एमालेबाट ललितपुर-१ मा चुनाव जितिसकेका थिए । शेरबहादुर देउवा सरकारको अन्तिम दिनहरुमा सिलवालविरुद्ध मुद्दा दर्ताको प्रयास पनि भयो । तर, सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको मिसिल अघि बढाएन ।
अहिले एमाले नेतृत्वको सरकारले आफ्ना सांसद समेत रहेका सिलवाललाई ‘क्लिन चिट’ दिने तयारी गरेको छ । त्यसकै लागि पुनः प्रहरी समक्ष ‘फेरि अनुसन्धान गर्नू’ भन्ने व्यहोरासहित प्रतिवेदन फिर्ता पठाउन लागिएको स्रोतको दाबी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: