×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेलीको प्रगतिमा लग्यो ब्रेक, खुद नाफा ३४.९९% ले गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागबेलीले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३४.९९% घटेको हो । गत वर्ष नागबेलीको खुद नाफा २ करोड ८२ लाख ८८ हजार रुपैयाँ थियो । 
खुद ब्याज आम्दानी पनि गत वर्षको भन्दा २८.७३% ले घटेर ३ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ  भने सञ्चालन नाफा ५२.०४% ले घटेर २ करोड १३ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा घट्नुको कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफा रहेको छ ।
नागबेलीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ ।  रिजर्भ कोषमा ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १३ पैसा छ । नागबेलीले २२ करोड २५ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ करोड ६७ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ३.७६% र कस्ट अफ फन्ड १०.५०% रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: