नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न अब ५ दिनमात्र समय बाकी, सेयर भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद भर्न अब ५ दिन मात्र समय बाँकी रहेको छ । लगानीकर्ताले आगामी मंगलबार (जेठ ८ गते) भित्र यस हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । नेपाल इन्सुरेन्सले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको कमलादी कार्यालयसहित सम्पूर्ण शाखाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ । यसैगरी, आस्वाबाट पनि भर्न सकिनेछ । 



Trending:

प्रकाशित : Thursday, May 17, 2018

recent

Popular Posts