×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफको खुद नाफामा ६.३७% वृद्धि, प्रतिसेयर आम्दानी १३.२१ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल लाइफ इन्सुरेन्सले खुद नाफा  ६.३७% ले वृद्धि गरेर ४३ करोड ५७ लाख ८६ हजार ६३८ रुपैयाँ कमाएको छ । गत वर्ष यस कम्पनीले ४० करोड ९६ लाख ७२ हजार ९७४ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता, नेपाल लाइफको खुद बिमा शुल्क पनि ३६.८२% वृद्धि भएर १० अर्ब ६९ करोड ५७ लाख १५ हजार ८९४ रुपैयाँ पुगेको छ । गत वर्ष नेपाल लाइफले ७ अर्ब ८१ करोड ७३ लाख २८ हजार २०० रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीले कुल बिमा शुल्क आर्जन भने १० अर्ब ७७ करोड ५४ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ । यो गत वर्ष भन्दा ३५.६३% ले धेरै हो ।
यता, पुनर्बिमा कमिसनबाट ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल लाइफले यो त्रैमासम्ममा ३ अर्ब ७० करोड २९ लाख ७३ हजार ५६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष १ अर्ब ९४ करोड ५७ लाख २९ हजार ८१३ रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । यसको कुल दाबी भुक्तानी भने ३ अर्ब ९१ करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ४८ करोड २ लाख ४३ हजार ९५९ रुपैयाँ छ । कम्पनीले जीवन बिमा कोषको रकम पनि ३७ अर्बबाट बढाएर ४७ अर्ब ६८ करोड २६ लाख ३२ हजार ७४६ रुपैयाँ पुर्याएको छ ।
जीवन बिमा कोषको आकार बढ्दै जानुले कम्पनी थप मजबुत बन्दै गएको बुझ्न सकिन्छ । नेपाल लाइफले महाविपत्ती कोषमा ३२ करोड ५४ लाख १८ हजार ६८६ रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: