×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल आउने तयारीमा रहेका मोदीको गालामा महिलाले हानिन् चप्पल (भिडियोसहित)

काठमाडौँ – दुई दिने राजकीय भ्रमणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । मोदीको भ्रमण कार्यतालिकालाई हेर्दा धेरै नेपालीले विरोध गरेका छन् । नागरिकका नाममा गरिने अभिनन्दनको विरोध नागरिक अगुवाहरुले नै गरेका छन् । मोदीले नेपाल आउनुभन्दा पहिले नेपाली जनतासँग क्षमा माग्नु पर्ने माग पनि सडकबाटै उठेको छ ।

नाकाबन्दी गरेर नेपाली जनतालाई हैरानी बनाएका मोदीलाई अभिनन्दन होइन बहिस्कार गरौं भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले अभियान नै चलाएका छन् । अर्को कुरा राजकीय भ्रमणको लागि आउने मोदी नेपालको प्रशासनिक क्षेत्रमा प्रवेश नै नगरी भेटवार्ताको लागि तारे होटलमै सबैलाईलाई बोलाउने र सबै लाइन लागेर होटल धाउने कार्यतालिकाको विरोध भइरहेको छ । राजकीय भ्रमण भएकोले सिंहदरवारमा भेटवार्ता हुनेपर्ने माग पनि जनस्तरबाटै उठेको छ ।
सबैभन्दा विरोध अरुण तेस्रोको उद्घाटनको भइरहेको छ । नेपालको संसद र ऐन कानुनलाई छलेर भारतीय कम्पनीलाई दिइएको अरुण–३ जलविद्युत आयोजना निर्माणको उद्घाटन गर्ने भ्रमणको कार्यसूचीमा छ ।
यसको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादीलगयातका सरोकारवाला संघ र व्यक्तिहरुले विरोध गरेका छन् । अरुण–३ को सम्झौता राष्ट्रघाति भएको भन्दै अहिलेकै अवस्थामा निर्माण गरिए नेपालको हितविपरित हुने आवाज लामो समयदेखि उठ्दै आएको थियो । सरकारले नागरिकको आवाजको बेवास्ता गर्दै मोदीकै हातबाट उद्घाटन गर्न लाग्दा सडकमा विरोधका स्वरहरु देखिएका छन् ।
यसैबीच सामाजिक संजालमा एक महिलाले मोदीको गालामा चप्पल हानेको भिडियो भाइरल भएको छ । बीचमा मोदीलाई राखिएको छ, चारैतिरबाट स्थानीयले घेरेका छन् भने एक महिलाले आफ्नो खुट्टाको चप्पल निकालेर गालामा झाप्पड हान्दै गरेकी छन् ।
यो आक्रोस दुरुस्तै मोदीजस्तै बनाइएको पुत्लामा हानिएको हो । झट्ट हेर्दा त रियल मोदीकै गालामा हानेको जस्तो देखिन्छ । मोदीलाई घेरा हालेर गालामा हान्ने नागरिक भाषाको अाधारमा भारतीय भएको अनुमान गर्न सकिन्छ तर कुन ठाउँमा यस्तो गरिएको हो भन्ने खुलेको छैन । त्यस्तै उनीहरुले किन त्यसो गरे भन्ने पनि केही बताइएको छैन । एउटा महिलाले चप्पलले गालामा हिर्काइरहेकी छन् भने चारैतिरबाट फोटो तथा भिडियो खिँचिएको छ ।
यस्तो छ भिडियो

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: