×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको खुद नाफा ७.०५% ले गिरावट, यस्तो छ कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासमा पोखरा फाइनान्सले ६ करोड ५३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यो नाफा ७.०५% घटेको हो । गत वर्ष फाइनान्सले ७ करोड २ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको  खुद ब्याज आम्दानी र सञ्चालन नाफामा घटेकोले खुद नाफा घटेको हो । खुद ब्याज आम्दानी १४ करोड २३ लाख रुपैयाँबाट घटेर १२ करोड ६१ लाख ३८ हजार रुपैयाँमा खुम्चिएको छ भने सञ्चालन नाफा पनि ११ करोड रुपैयाँबाट घटेर १० करोड १० लाख रुपैयाँमा सीमित भएको छ । 
चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार रुपैयाँ रहेको पोखराको रिजर्भ कोषमा ८ करोड २ लाख ९८ हजार रुपैयाँ जम्मा भएको छ । यसलाई चुक्ता पुँजी अनुसार रिजर्भ कोष बढाउने चुनौती थपिएको छ । फाइनान्सले गत पुस ३० देखि फागुन ६ गतेसम्म ९ लाख ८३ हजार ६८२.७४ कित्ता (१५%) हकप्रद सेयर बिक्री गरेको थियो । यो हकप्रद पनि जोड्दा भने चुक्ता पुँजी ७५ करोड ४१ लाख ५६ हजार ७६६ रुपैयाँ हुन्छ ।
पोखरा फाइनान्सले खराब कर्जा १.४७% बाट घटाएर १.२६% बनाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २९ पैसा रहेको छ । प्रतिसेयर आम्दानी र नेटवर्थ गणना गर्दा १५% हकप्रदको कल इन एडभान्सलाई पनि लिइएको कम्पनीले उल्लेख गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: