×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रिमियर इन्सुरेन्सको नाफा २९.५७% बढ्यो, प्रतिसेयर आम्दानी ३०.४९ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रिमियर इन्सुरेन्सले १३ करोड ३५ लाख ३० हजार रुपैयाँ  खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २९.५७% ले धेरै हो । कम्पनीले गत आर्थिक वर्षको यही अवधिमा १० करोड ३० लाख ५६ हजार रुपैयाँ कमाएको थियो । तेस्रो त्रैमाससम्म यो इन्सुरेन्सले ६२ करोड १४ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । 
यता, पुनर्बिमा कमिसनबाट १२ करोड ४८ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको छ । यो अवधिसम्म कुल बिमा शुल्क आर्जन १ अर्ब १३ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको छ । प्रिमियरले कुल १ अर्ब १ करोड ५६ लाख २४ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।
भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ८ करोड ६ लाख ५ हजार रुपैयाँ छ । यस इन्सुरेन्सको जारी बिमा लेखको संख्या १ लाख ४६ हजार ६३२ पुगेको छ ।
प्रिमियरले एफपीओ बिक्री गरी चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । यसैगरी, एफपीओबाटै आएको प्रिमियमले गर्दा रिजर्भ कोषको आकार थप मजबुत भएको छ । प्रिमियरको रिजर्भमा ७० करोड ४५ लाख ६४ हजार रुपैयाँ जम्मा भएको छ ।
बिमा कोषमा भने ४३ करोड ४२ लाख ४८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ ३०१ रुपैयाँ ७६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: