×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार कित्ता सेयर लिलामीमा, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको बुधबारदेखि सर्वसाधारण समूहको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामी खुला भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गतेसम्ममा  प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न मिल्नेछ । 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । हाल प्राइम लाइफको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । लिलामी सेयर बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: