×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङ हाइड्रोपावरको आइपीओ बाँडफाँट , हेर्नुस् कतिले पाए सेयर ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

रैराङ हाइड्रोपावरको आइपीओ बाँडफाँट , हेर्नुस् कतिले पाए सेयर ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ । आइपीओ बाँडफाँटमा ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने कुल १ लाख ७५ हजार २७८ जनाको आवेदन स्वीकृत भएको हो । यो आइपीओमा माग भन्दा १७.७८ गुणा बढी आवेदन परेको छ ।
रैराङले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता मात्र सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५% सेयर निष्कासन गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: