×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रैराङ हाइड्रोपावरको आइपीओ बिहान ८ बजे बाँडफाँट हुँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको आइपीओ आज बिहान ८ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङमा बुधबार बिहान लाजिम्पाटमा बाँडफाँट हुने हो । 
रैराङले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता मात्र सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । 
यसमा १८.०७ गुण बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार कुल १ लाख ७७ हजार ३८६ जना आवेदकले १ करोड ३८ लाख १० हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १८.०७ गुण बढी हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: