×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रैराङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम म्याद, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  ८ लाख ४० हजार कित्ता आइपीओ भर्ने बिहीबार अन्तिम दिन हो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख ३१ गतेदेखि १०० रुपैयाँ दरकोआइपीओ जेष्ठ ३ गतेसम्म निष्कासन गरेको हो । 
यसमा बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत सेयर भर्न सक्नेछन् । न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्था छ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: