×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्ती हाइड्रोको जेठ १ देखि हकप्रद आउंदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

राप्ती हाइड्रोको जेठ १ देखि हकप्रद आउंदै, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० को दरले १००:३३.१६ को अनुपातमा ८ लाख २१ हजार ७ सय ७३ कित्ता सेयर जारी गर्ने भएको छ । यो हकप्रदमा असार ४ गतेभित्रसम्म आवेदन दिसक्नु पर्ने छ । 
साथै, शेयरधनीहरूले आफ्नो कायम हकभन्दा बढी कित्ताको लागि समेत आवेदन दिन पाउने सुविधा कम्पनीले दिएको छ । कबुल नगरिएको सम्पूर्ण हकप्रद सेयर बढी सेयर खरीदको लागि आवेदन दिने सेयरधनीहरूलाई निजको सेयर अनुपातमा वितरण गर्नेछ ।
कम्पनीले हकप्रद सेयरमा आवेदन फारम प्राप्त गर्न र बुझाउन त्रिपुरेश्वरको कार्यालयमा उपलब्ध गराएको छ । हकप्रद शेयरको लागि रकम जम्मा गर्नुपर्ने बैङ्क कुमारी बैङ्कको खातामा नम्बर ०१०१५२४६१२२७५०१७ र प्राइम कमर्सियल बैङ्कको खातामा ००१०४००२ca रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: