×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बिमा कम्पनीले गर्यो कमाल, खुद नाफा ७६.५५% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता
कठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय बिमा कम्पनीले खुद नाफा ७६.५५% ले वृद्धि गरेर ४६ करोड १३ लाख २३ हजार रुपैयाँ कमाएको छ ।  गत वर्ष यो इन्सुरेन्सको खुद नाफा २६ करोड १३ लाख ३ हजार रुपैयाँ मात्र थियो । 
कम्पनीले १७ करोड ९५ लाख ४५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १ करोड ७० लाख ३५ हजार रुपैयाँ आम्दानी भएको छ । तेस्रो त्रैमाससम्म राष्ट्रिय बिमा कम्पनीले कुल ५ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 
यस कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यो पुँजीमा १२०% बोनस दिने घोषणा गरिसकेको छ । बोनसपछि पुँजी ५८ करोड ६६ लाख रुपैयाँ पुग्नेछ । रिजर्भ कोषमा २ अर्ब २ करोड ५८ लाख ३० हजार रुपैयाँ छ । 
यसैगरी, बिमा कोषमा पनि १ अर्ब ३० करोड ७४ लाख ९९ हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी १७३ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ ८५९ रुपैयाँ ७७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: