×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रुकुमका जनप्रतिनिधिको यस्तो लाजमर्दो हर्कत, बैठकमै इन्जिनियर कुटेपछि भयो यस्तो बबाल

रुकुम – रकम भुक्तानिको विषयमा कुरा नमिल्दा आठबीसकोट नगरपालिकाका एक वडाअध्यक्षले इन्जिनियरलाई कुटपिट गरेका छन् ।
विहिबार नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानबहादुर चदाराले वडामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई निर्घातरुपमा कुटपिट गरेका हुन् । रकम भुक्तानिको लागि पेश गरेको फाइलमा छिटो काम नगरिदिएको भन्दै आफूलाई कुटपिट गरेको इन्जिनियर चन्दले बताएका छन् ।
वडामा भएको रेडियो नयाँ नेपालका लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानिको लागि वडा अध्यक्ष चदाराले फाइल पेश गरेका थिए । ‘अनुगमन गरेर मात्र भुक्तानीको लागि सिफारीस गरौंला’ भन्ने इन्जिनियरको प्रतिक्रियामा वडाध्यक्षले कुटपिट गरेको चन्दले बताए ।
नगर कार्यपालिकाको बैठक बसिरहेको बेला खाजाको समयमा वडा अध्यक्षले इन्जिनियरलाई कुटपिट गरेको नगरपालिकाका प्रवक्ता गंगाराम चदाराले जानकारी दिएका छन् ।
वैठकमै इन्जीनियरमाथि कुटपिट गरेर वडाअध्यक्षले जिल्लाकै बेइज्जत गरेको अन्य जनप्रतिनिधिहरुको बुझाई छ । कुटपिट उत्रिने अध्यक्षमाथी प्रहरीले कारवाहीका लागि मुद्दा चलाउने तयारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: