१६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस, सिफारिसमा को-को परे ?

काठमाडौँ – गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो । शेरबहादुर बस्नेत, दिपक कुमार थापा, पिताम्बर अधिकारीलगायत बढुवा हुने भएका छन् ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बढुवा सिफारिसमा परेकाहरुको नामावली हेर्नुहोस्ः

प्रकाशित : Tuesday, May 08, 2018
,

recent

Popular Posts