×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहाराको २५०% हकप्रद बिक्री खुल्ला, सेयर भर्न कहाँ जाने?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहारा विकास बैंकको २५०% हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । बैंकले १ः२.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख २४ हजार ८७० कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद वैशाख ९ गतेसम्म कायम रहेका सेयरधनीले असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सहारा विकास बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । र साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: