सहाराको खुद नाफामा ३८% को गिरावट हुनुमा यस्तो छ खास कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सहारा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत बर्सको तुलनामा ३८.०१% ले घटेको हो । अघिल्लो वर्षको यहि अवधिमा बैंकको खुद नाफा १ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको खुद व्याज आम्दानीमा ४.५५ % ले घटेर २ करोड ५२ लाख रुपैयाँ पुगेको छ र संचालन नाफामा ४०.९०% ले घटेर १ करोड ३७ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र संचालन नाफा घटेकोले गर्दा बैंकको खुद नाफामा कमि आएको हो  ।  बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ ।

७ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ५ करोड ४२ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ३८ करोड ४३ लाख रुपैयाँ संकलन गरी कर्जामा ३८ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि गरेको हो ।

बैंक (SHBL) को निष्कृय कर्जा ३.०६ %, पुँजीकोष अनुपात ३७.९४%, प्रति शेयर आम्दानी १५.९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८.७६ गुणा, प्रतिशेयर नेटवर्थ १७४.२६ रुपैयाँ र तरलता अनुपात ३३.५९ प्रतिशत रहेको छ ।

Trending:

प्रकाशित : Friday, May 18, 2018

recent

Popular Posts