सहाराको २५०% हकप्रद खुल्दै, सेयर भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेठ ६ गतेदेखि सहारा विकास बैंकले २५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सहारा विकास बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ ।
प्रकाशित : Wednesday, May 02, 2018

recent

Popular Posts