×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समता माइक्रोफाइनान्सको खुद नाफा ६५ % ले घट्यो, प्रतिशेयर आम्दानी १९.१४ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  खुद नाफा ५६ लाख रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा ६५.६७% ले थोरै हो । अघिल्लो वर्षको सोहि अवधिमा खुद नाफा १ करोड ६५ लाख रुपैयाँ कमाएको थियो । खुद व्याज आम्दानीमा ८ % ले बढेको छ भने संचालन मुनाफामा ८१% ले घटेको छ  ।
३ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको समता माइक्रोफाइनान्सले जगेडाकोषमा १ करोड ५९ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा २२ करोड रुपैयाँ संकलन गरेको छ । कर्जामा ६१ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । 
समता माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १९.१४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१.०४ गुणा, प्रतिशेयर नेटवर्थ १४१.१० रुपैयाँ र तरलता अनुपात ७.५३% रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: