×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा माईको खुद नाफा २२.४८% घट्नुको खास कारण के छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २२.४८% ले घटेको छ । गत वर्ष यहि अबधीमा सानिमाको खुद नाफा २६ करोड ५ लाख ८१ हजार रुपैयाँबाट झरेर यो वर्ष  २० करोड २० लाख ५ हजार रुपैयाँ मात्र कमाएको छ । विद्युत बिक्रीबाट आम्दानी १०.५०% ले घटेपछि खुद नाफामा पनि असर परेको छ ।
विद्युत बिक्रीबाट गत वर्ष ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेकामा यसपालि ५६ करोड ६९ लाख १३ हजार रुपैयाँमा झरेको छ । कम्पनीको सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४९ करोड १९ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।
सेयर पुँजी गत वर्ष भन्दा १००% धेरै हो । सानिमा माईको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३० पैसा पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: