×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्टले २६.५७% बोनस दिदैं, कति पुग्छ चुक्ता पूँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले २६.५७% बोनस सेयर दिने भएको छ । कम्पनीले बोनसका लागि १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ खर्च गर्ने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्कीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।
साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । बोनसपछि यसको चुक्ता पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा श्री इन्भेष्टमेन्टले ६ करोड ४९ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ २८४ रुपैयाँ ७३ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: