×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको सेयर लिलामी भर्ने आज अन्तिम अवसर, के तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ बैंकको २ लाख १४ हजार ३३५.५५ कित्ता सेयर लिलामी किन्ने बिहीबार अन्तिम दिन रहेको छ । सिद्धार्थले संंस्थापक समूहको ४० हजार २०.६४ कित्ता र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५.५५ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ । सिद्धार्थको बुधबारको क्लोजिङ भाउ प्रतिकित्ता ३ सय २८ रुपैयाँ छ । 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । यसमा दुबै समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।
हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब १ करोड २१ लाख ७१ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: