×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सको अवस्था कमजोर, १९ लाख ९५ हजार रुपैयाँ नोक्सानमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले १९ लाख ९५ हजार रुपैयाँ नोक्सान भएको छ । गत वर्ष कम्पनीको खुद नाफा ३७ लाख ४४ हजार रुपैयाँ कमाएको थियो ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने १०.९०% ले बढेर १ करोड ६७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सपोर्टले १ करोड ५० लाख ७७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा पनि १९ लाख ९५ हजार रुपैयाँ नै घाटामा रहेको छ । चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको सपोर्टको रिजर्भ कोष ९ लाख ९४ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीले ५ करोड ६८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३९ करोड १३ लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसको खराब कर्जा बढेर २.३९% भएको छ । गत वर्ष खराब कर्जा ०.१०% रहेको थियो । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा नोक्सानमा रहेको सपोर्टको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २७ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: