×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वावलम्बन लघुवित्तको खुद नाफा १५.०५% बढ्यो, प्रतिसेयर आम्दानी ६२.५३ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले खुद नाफा १५.०५% ले बढेको छ । गत वर्ष यहि अवधिमा स्वावलम्बनले २० करोड ५० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको र यस वर्ष २३ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल बेको छ । तर, खुद ब्याज आम्दानीमा भने १२.७२% को गिरावट आएको छ भने सञ्चालन नाफा बढेको छ ।
गत वर्ष ७१ करोड ६७ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा यो त्रैमासमा ६२ करोड ५४ लाख ९७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको हो । सञ्चालन नाफा भने ३२ करोडबाट बढाएर ३६ करोड ८९ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । 
निक्षेप संकलन ३ अर्बबाट बढाएर ५ अर्ब ३५ करोड १२ लाख ४७ हजार रुपैयाँ पुर्याएको यस कम्पनीले ९ अर्ब ५४ करोड ९९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ७ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी थियो । सम्भावित जोखिमका लागि ५ करोड २२ लाख ९८ हजार रुपैयाँ छुट्याएको यो कम्पनीले ५ लाख ४७ हजार रुपैयाँ राइट पनि गरेको छ । 
चुक्ता पुँजी ५० करोड ३१ लाख रुपैयाँ रहेको स्वावलम्बनको रिजर्भ कोषमा ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा रिजर्भ कोषमा रहेको रकमलाई आकर्षित मान्न सकिन्छ । गत वर्ष चुक्ता पुँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँ र रिजर्भ कोषमा ६७ करोड ६१ लाख ५४ हजार रुपैयाँ थियो । यता, खराब कर्जा भने ०.७२% बाट बढेर १.०२% भएको छ । प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ५३ पैसा रहेको स्वावलम्बनको प्रतिसेयर नेटवर्थ भने २६२ रुपैयाँ ०९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: