×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, कहिलेदेखि हकप्रद आउँदै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद सेयर सुरक्षित गर्न बिहीबार अन्तिम मिति रहेको छ । जेठ १६ गतेदेखि असार १९ गतेसम्म कम्पनीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री गर्ने भएको छ । जसको लागि कम्पनीले शुक्रबार बुक क्लोज गर्ने भएको छ । 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । 
हाल कम्पनीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: