×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सको हकप्रद सेयर आउंदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं  – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले जेठ १६ गतेदेखि हकप्रद शेयर निष्कासन हुने भएको छ । कम्पनीले १०:३ को अनुपातमा १०० रुपैयाँ अंकित मुल्यको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आगामी जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन पाउने छ । यो हकप्रदमा असार १९ गतेसम्ममा आवेदन दिन पाउने छन् ।  
लगानीकर्ताले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड र आस्वा सेवा प्रदान गरेका सबै बैङ्क तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिन्छ । हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड १० लाख ८८ हजार पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: