×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अवैध एफपीओ सदर काण्डमा परेको बीपीसीको अर्को कर्तुत ! गलत वित्तीय विवरण निकालेर झुक्याईयो जनता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अवैध आइपीओलाई पनि सदर गरेर विवादको उत्कर्षमा पुगेको बुटवल पावर कम्पनीको अर्को कर्तुत सार्वजनिक भएको छ । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सार्वजनिक भएको कम्पनीको वित्तीय विवरण नै गलत भएपछी यस्तो खुलासा भएको हो । तेस्रो त्रैमाससम्म बुटवल पावरको सेयर पूँजी १ अर्ब ८१ करोड ५ लाख ७२ हजार रुपैयाँ रहेका कारण गत वर्ष २ अर्ब ३३ करोड रहेको रिजर्भ कोषमा अहिले ४ अर्ब ६४ करोड ८९ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ जसमा एफपीओबाट आएको प्रिमियम जोडिएको छ । तर कम्पनीले एफपीओलाई पूँजीकृत नै नगरी जनता झुक्याउने गरी वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीको अर्को कर्तुत सार्वजनिक भएको हो । 
प्रिमियम रिजर्भमा जोडिसकेपछि एफपीओबाट आएको ४० करोड ८१ लाख रुपैयाँ पनि पुँजीकृत गर्नुपर्ने भएपनि सो नगरी कम्पनीले प्रति सेयर आम्दानी निकाल्दा जनता झुक्किएका छन् । कम्पनीले प्रति सेयर आम्दानी र नेटवर्थ हिसाब गरी दोधारमा पार्ने किसिमको रिपोर्ट निकालेको छ । 
कम्पनीले प्रतिसेयर आम्दानी ३६.३३ रुपैयाँ देखाएको छ । तर एफपीओ पुँजीकृत गरेपछि कायम हुने २ अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीलाई आधार मान्दा भने प्रतिसेयर आम्दानी २९.६४ रुपैयाँ मात्र हुन्छ । यस्तो सहि तरिकाले हिसाव गर्ने हो भने नेटवर्थ पनि ३०९ रुपैयाँ ५३ पैसा मात्र हुन्छ । तर जनता झुक्याउने बदनियत राखेर कम्पनीले गलत काम गरेको देखिन्छ । यस विषयमा सम्बन्धित निकाय बोल्नुपर्ने भएपनि मौन हुनुले कम्पनी र नियामक मिलेको शंका समेत गर्न सकिने कुरामा द्विविधा छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: